वेष्ट इण्डिजका तीन खेलाडीले इंग्ल्यान्ड भ्रमण नगर्ने
बुधबार, जेठ २१, २०७७खेलपाटी संवाददाता

एजेन्सी । वेष्ट इण्डिजका तीन खेलाडीले इंग्ल्यान्डविरुद्धको टेष्ट क्रिकेट नखेल्ने भएका छन् । कोरोना भाईरसको कारण तीन खेलाडीले इंग्ल्यान्ड भ्रमण नगर्ने भएका हुन् ।
वेष्ट इण्डिजका ब्याट्सम्यान शिम्रोन हिटमायर, डरेन ब्राभो र अलराउण्डर किमो पाउलले इंग्ल्यान्ड भ्रमण नगर्ने भएका हुन् । वेष्ट इण्डिजले इंग्ल्यान्डसँग जुलाईमा तीन खेलको टेष्ट सिरिज खेल्दैछ ।
दुई टोलीबीचको पहिलो टेष्ट जुलाई ८ मा साउथह्याम्पटनको द बल मैदानमा सुरु हुनेछ । यस्तो ओल्ड ट्राफोर्डमा हुने दोस्रो टेष्ट जुलाई १६ र तेस्रो खेल जुलाई २४ मा सुरु हुनेछ ।
इंग्ल्यान्ड र वेष्ट इण्डिजबीचको तीन खेलको सिरिज २१ दिनमा सकिने बताईएको छ । बन्द रंगशालामा हुने खेल अघि सम्पूर्ण खेलाडीको कोरोना परिक्षण हुनेछ ।







-1763794837011.jpeg&w=3840&q=75)



-1763772456514.webp&w=3840&q=75)

-1763733911749.jpg&w=3840&q=75)