एजेन्सी । पाकिस्तानी क्रिकेट बोर्ड (पीसीबी)ले खेलाडीको रगत सहित आँखा परिक्षण अनिवार्य गर्ने तयारी गरेको छ । पीसीबीले बर्षमा चार पटक खेलाडीको रगत सहित आँखाकाे परिक्षण अनिवार्य गर्ने तयारी गरेको हो ।
पीसीबीको चिकित्सक टोलीले कोरोना महामारीपछि सुरु हुने क्रिकेट गतिविधिलाई केन्द्रित गरेर हरेक खेलाडीको रगत र आँखा परिक्षण अनिवार्य गर्नुपर्ने बताएको छ ।
पीसीबीका चिकित्सक प्यानलका अधिकारीले अनुबन्धित खेलाडीको कम्तिमा प्रत्येक ६ महिनामा रगत र आँखा परिक्षण अनिवार्य गर्नुपर्ने बताएका हुन् ।
उनले कोरोना भाईरसको कारण बदलिदो परिस्थितीलाई केन्द्रित गरेर बर्षमा ४ पटक परिक्षण सुरु गर्ने योजना बनेको जानकारी दिएका छन् ।
अधिकारीहरुले खेलाडीको आँखा र रगत परिक्षणलाई अनिवार्य गर्नुपर्ने बताएका छन् ।
रगतको परिक्षण स्वास्थ्यका कारण गरेको भएपनि आखाँको परिक्षण समेत सुरु गर्ने तयारी गरिएको हो । क्रिकेटमा आखाँको भूमिका महत्वपुर्ण हुने भएकाले रगतसंगै आखाँको समेत स्वास्थ्य परिक्षण गर्ने योजना अघि सारिएको छ ।
बंगाली क्रिकेटमा निर्णय
यसैबीच, भारतको बंगाल क्रिकेट संघले कोरोनापछि सुरु हुने प्रशिक्षणमा यू–२३ र सिनियर टिमका खेलाडीको आखाँको परिक्षण अनिवार्य गरेको छ ।
पहिलो पटक भारतीय घरेलु क्रिकेटमा आखाँको परिक्षण हुन लागेको हो । संघ र प्रशिक्षण विभागको छलफलको दौरान खेलाडीको आखाँको समेत परिक्षण गर्नुपर्ने निर्णय भएको हो ।