एजेन्सी । इंग्ल्यान्डको कप्तान जोय रुटले वेष्ट इण्डिजविरुद्धको टेष्ट सिरिज गुमाउँन सक्ने भएका छन् ।
इंग्ल्यान्डले जुलाईमा वेष्ट इण्डिजसँग तीन खेलको टेष्ट सिरिज खेल्दैछ । तर, कप्तान रुटले भने सिरिज नखेल्ने सम्भावना बढेको छ ।
जुलाईमा दोस्रो बच्चा जन्मिने भएपछि रुटले सिरिज गुमाउँन सक्ने भएका हुन् ।
बीबीसीसँग कुरा गर्दै रुटले धर्मपत्नीले जुलाईमा दोस्रो सन्तानको जन्म दिएमा आफु सिरिजमा नहुने बताएका छन् ।
दुई टोलीबीचको पहिलो टेष्ट जुलाई ८ मा साउथह्याम्पटनको द बल मैदानमा सुरु हुनेछ ।
यस्तो ओल्ड ट्राफोर्डमा हुने दोस्रो टेष्ट जुलाई १६ र तेस्रो खेल जुलाई २४ मा सुरु हुनेछ ।
इंग्ल्यान्ड र वेष्ट इण्डिजबीचको तीन खेलको सिरिज २१ दिनमा सकिने बताईएको छ ।
इंग्ल्यान्ड र वेष्ट इण्डिजबीचको सिरिज यस अघिनै तय भएपनि कोरोना भाईरसको महामारीसँगै अन्योलमा रहेको थियो ।
यस अघि सिरिजमा जुनमा तय भएको थियो । तर, कोरोनाको कारण स्थगित भएको थियो ।
बन्द रंगशालामा हुने खेल अघि सम्पूर्ण खेलाडीको कोरोना परिक्षण हुनेछ ।
इंग्ल्यान्डले विभिन्न राष्ट्रसँग तय भएको अन्तर्राष्ट्रिय सिरिजलाई मध्ये नजर गर्दै ५५ खेलाडीलाई प्रशिक्षणमा बोलाईसकेको छ ।
इंग्ल्यान्डले समरमा पाकिस्तान, आयरल्याण्ड र अष्ट्रेलियासँग सिरिज खेल्ने तयारी समेत गरेको छ ।