एजेन्सी । भारतीय क्रिकेट टिमका फास्ट बलर मोहमद शामीले कोरोना प्रभावित व्यक्तिलाई खान र मास्क वितरण गरेका छन् ।
कोरोनाको कारण सरकारले लकडाउन गरेपछि आफ्नो घर फर्किदै गरेका व्यक्तिहरुलाई शामीले खाना र मास्क उपलब्ध गराएका हुन् ।
पछिल्लो साता भारतमा ठूलो संख्यामा संक्रमित भेटिएका छन् । कामको सिलसिलामा घर छाडेर अन्यत्र बसेका व्यक्ति कोरोनाकाे कारण घर फर्किन बाध्य छन् ।
भारतमा लकडाउन रहेपनि खान बस्न नै समस्या परेपछि थुप्रै मानिस घर फर्किरहेका छन् ।
मंगलबर भारतीय क्रिकेट बोर्ड बिसीसीआईले एक भिडियो सार्वजनिक गर्दै फास्ट बलर शामीले उत्तर प्रदेशमा सहयोग गरेको जानकारी दिएको हो ।
'आफु अगाडी सरेर उत्तर प्रदेशको हाइवेमा आवश्यक परेका व्यक्तिलाई घर पुग्न खान र मास्क वितरण सुरु गरेका छन्,' बिसीसीआईले ट्वीटरमा भनेको छ, उनले आफ्नो घर नजिकै खानाको व्यवस्था समेत गरेका छन् । हामी उनीसँग सँगै छौं ।'
यस्तै भिडियोमा शामीले यो आफ्नो कर्तव्य रहेको भन्दै धन्यवाद दिएका छन् ।