फर्मुला वान : पहिलो प्रतियोगिता अष्ट्रियामा
मंगलबार, २० जेठ २०७७खेलपाटी संवाददाता

एजेन्सी । कोरोना भाईरसको कारण रोकिएको फर्मुला वानको प्रतियोगिता आगामी जुलाईबाट सुरु हुने भएको छ ।
फर्मुला वानले एक विज्ञप्ति निकाल्दै जुलाईबाट यस सिजनको सुरुवात हुने जनाएको छ ।
यस वर्षको पहिलो प्रतियोगिता जुलाईमा अष्ट्रियामा हुनेछ । वर्षको पहिलो प्रतियोगिता अष्ट्रियन ग्राण्ड प्रिक्स जुलाई ३ देखि ५ सम्म हुनेछ ।
यस्तै जुलाई १० देखि १२ मा अष्ट्रियामै अर्को प्रतियोगिता हुनेछ ।
यस वर्ष युरोपमा फर्मुला वानको आठ प्रतियोगिता हुनेछ ।
अष्ट्रियापछि हंगेरी, स्पेन, बेल्जियम र इटालीमा प्रतियोगिता आयोजना हुने बताईएको छ ।









-1768897962219.jpg&w=3840&q=75)


-1769167052323.jpeg&w=3840&q=75)

-1769151399924.jpeg&w=3840&q=75)

-1769135013864.webp&w=3840&q=75)
-1769134497104.webp&w=3840&q=75)