एजेन्सी । नितेश रानाले भारतीय क्रिकेटमा आफ्नो नाम स्थापित गरिसकेका छन् ।
नितेशले भारतको इण्डियन प्रिमियर लिग (आईपीएल) मा उत्कृष्ट प्रदर्शन गर्नुका साथै दुई फरक च्याम्पियन टिमबाट खेलका छन् ।
२६ वर्षे नितेशले कलकत्ता नाइट राइडर्स र मुम्बई इण्डियन्सबाट आईपीएल खेलेका छन् ।
सन् २०१६ मा आईपीएल डेब्यु गरेका नितेशले ४६ खेलमा १ हजार ८५ रन बनाएका छन् जसमा ८ अर्धशतक रहेको छ ।
मिडल अर्डरमा भरपर्दा खेलाडी नितेशलाई सन् २०१५ को अक्सनमा मुम्बईले किनेको थियो । तर, २०१६ मा मात्र उनले डेब्यु गर्ने मौका पाए । लगत्तै उनलाई २०१७ मा कलकत्ताले किनेको थियो ।
हालै एक अन्तर्वार्तामा नितेशले मुम्बईले आफूलाई अनुबन्धको राज बताएका छन् ।
'मेरो साथीले सचिन र मुम्बईको म्यानेजरले मेरो कुरा गर्दै गरेको सुनेको रहेछ । उसले सचिन सरले मलाई नजर राख्नु भएको बताएको थियो,' नितेशले भने ।
यस्तै नितेशले अक्सनको दिन आफु एक खेलमा ब्याटिङ गरिरहेको र मुम्बईले किनेको खबर आफुलाई साथीले सुनाएको बताए ।
'जब म ड्रिंक्सको लागि आए, मुम्बईले मलाई किनेको खबर सुने । मैले त्यो पत्याउनै सकिन् । किनकि साथीले मेरो मजाक बनाइरहेको थियो । तर, पछि मलाई थाहा भयो उसले जिस्केको हैन रहेछ,' नितेशले थपे ।
नितेश आईपीएलमा राम्रो फिनिसरको रूपमा स्थापित छन् । उनले रिक्की पोन्टिङको कारण आफ्नो खेलमा परिवर्तन आएको समेत खुलाए ।
पोन्टिङ सन् २०१६ मा मुम्बईको सहयोगी स्टाफ थिए । त्यस समय पोन्टिङले उनलाई गुजरात लायन्सविरुद्धको खेलमा आक्रामक खेल खेल्न सुझाव दिएका थिए ।
'खाली बल रोक्ने नगर । तिमीमा बललाई हिर्काउने क्षमता छ । मात्र बललाई लामो प्रहार गर्ने कोसिस गर । त्यही कुराले मेरो सबै परिवर्तन भयो,' उनले भने, 'त्यसदिन देखि मैले आफुलाई कहिल्यै दुविधामा राखिन ।'
गुजरातसँगको त्यो खेलमा नितेशले ३६ बलमा ७० रन बनाएका थिए ।