एजेन्सी । अष्ट्रेलिया क्रिकेट टिमले आगामी अगष्टमा जिम्बावेसँग एकदिवसीय क्रिकेट सिरिज खेल्ने भएको छ ।
क्रिकेट अष्ट्रेलियाले पुरुष टिमले जिम्बावेसँग तीन खेलको एकदिवसीय सिरिज खेल्ने पक्का भएको जनाएको छ ।
जिम्बावेसँगको सिरिज अगष्ट ९ बाट सुरु हुने अष्ट्रेलियाले जनाएको छ ।
कोरोनाको महामारीको कारण अष्ट्रेलियाले मार्चबाट अन्तर्राष्ट्रिय क्रिकेट खेलेको छैन ।
यसै वर्ष अष्ट्रेलियामा तय भएको टी-ट्वान्टी विश्वकप समेत अन्योलमा रहेको छ ।
तर, क्रिकेट अष्ट्रेलियाले जिम्बावेसहित अन्य राष्ट्रसँगको सिरिजको मिति भने तय गरेको छ ।
अष्ट्रेलियाले वेष्ट इण्डिज र भारतसँग अक्टोबरमा टी-ट्वान्टी सिरिज खेल्ने समेत जनाएको छ ।
त्यस्तै नोभेम्बरमा अफगानिस्तानसँग र डिसेम्बरमा भारतसँगको टेष्ट सिरिजको तालिका समेत अष्ट्रेलियाले सार्वजनिक गरेको छ ।