एजेन्सी । श्रीलंकाको पुरुष क्रिकेट टिमले सोमबारबाट प्रशिक्षण सुचारु गर्ने भएका छन् ।
श्रीलंकन क्रिकेट बोर्डले आइतबार एक विज्ञप्ति निकाल्दै पुरुष टिमले सोमबारबाट प्रशिक्षण सुचारु गर्ने जनाएको छ ।
बोर्डले सरकारको गाइडलाइनमा रहेर जुन १ बाट प्रशिक्षण गर्ने जनाएको छ ।
बोर्डले १३ खेलाडीले सुरुवातमा कोलम्बोमा १२ दिनको रेसीडेन्टल ट्रेनिङ क्याम्पमा बस्ने बताएको छ । खेलाडीलाई प्रशिक्षण गराउन ४ जनाको युनिट हुने बताईएको छ ।
रेसीडेन्टल ट्रेनिङ क्याम्पको अवधिमा खेलाडीले व्यक्तिगत कारण देखाएर होटल र प्रशिक्षण स्थल छाड्न पाउने छैनन् ।