काठमाडौं । कोरोना भाईरसको महामारीको अहिले कारण विश्व त्रासमा रहेको छ ।
कोरोनाबाट विश्वमा ५९ लाख ५० हजार भन्दा बढी मानिस संक्रमित भईसकेका छन् । करिब ४ लाख मानिसको मृत्यु भईसकेको छ ।
नेपालमा समेत १२ सय बढीमा कोरोना देखिएको छ । नेपालमा ६ जनाको मृत्यु भईसकेको छ । यस्तै नेपालमा दैनिक कोरोना संक्रमित बढी रहेको छ ।
कोरोनाको औषधि अहिलेसम्म बनेको छैन । तर, सावधान अपनाउने हो भने कोरोनाबाट बच्न सकिन्छ।
भिडभाडमा नजाने, नियमित साबुन पानीले हात धुने, मास्क प्रयोग गर्ने जस्ता कार्य गर्न सके कोरोनाबाट जोगिन सकिन्छ ।
कोरोनाको संक्रमणबाट जोगिन भन्दै सरकारले लकडाउन गरेको ६८ दिन बितिसकेको छ । लकडाउनको कारण मानिसहरु अत्यावश्क काम बाहेक बाहिर निस्कन पाएका छैन ।
नेपाली राष्ट्रिय टोलीका क्रिकेटर सोमपाल कामी समेत लकडाउनको कारण बाहिर निस्कन पाएका छैनन् ।
नियमित मैदानमा देखिने अलराउण्डर सोमपाल घरमै बसिरहेका छन् । घरमै रहेका सोमपाल कोरोनाबाट जोगिन निकै सचेत छन् ।
सोमपालले शुक्रबार साँझ सामाजिक संजाल फेसबुकबाट एक भिडियो सार्वजनिक गर्दै बाहिरबाट किनेर ल्याएको खाद्यान्न, तरकारी लगायतका खानेकुरा स्यानीटाईज गर्नु पर्छ भन्ने सन्देश दिएका छन् ।
भिडियोमा सोमपालले बजारबाट किनेर ल्याएको तरकारी र फलफूललाई सफा गरेका छन् । बाहिरबाट आएको सामानमा समेत भाईरस हुन सक्ने भन्दै सोमपालले त्यसलाई पानीले सफा गरेका हुन् ।
सोमपालले धनिया, आप, हरियो प्याज, भिन्डी लगायत तरकारी र फलफूल सफा गरेको भिडियोमा देख्न सकिन्छ । भिडियोमा सोमपाल आफूले बाहिरबाट किनेर ल्याएको सामान सफा गरेर खानु राम्रो हुने बताएका छन् ।
'सब्जी खानु पर्छ तर खानु भन्दा अघि किनेर ल्याएको सब्जिलाई स्यानीटाईज गर्नु पर्छ,' भिडियोमा सोमपालले तरकारी सफा गर्दै भनेका छन्, 'यो चटनी खानको लागि । मलाई मन पर्छ, स्वास्थ्यको लागि राम्रो हुन्छ ।'
यस्तै सोमपालले भिन्डी सफा गर्दा नेपालका ग्लोबल आइकन सन्दीप लामिछानेलाई सम्झिएका छन् । भिन्डी सफा गर्दै सोमपालले सन्दीपलाई भिन्डी मन पर्ने बताउँछन् ।
'यो सन्दीप लामिछानेको फेवरेट हो नि, थाहा छ कि नाई,' भिन्डी सफा गर्दै सोमपालले भनेका छन्, 'जहिले पनि यो हेर्छु उसैको याद आउँछ ।'
भिडियो हेर्नुहोस् -