एजेन्सी । इंग्ल्यान्ड क्रिकेट टिमको प्रशिक्षणमा १४ जना अनक्याप खेलाडी बोलाईएको छ ।
इंग्ल्यान्ड एण्ड वेल्स क्रिकेट बोर्डले प्रशिक्षणमा बोलाएको ५५ खेलाडीमा १४ जना अनक्याप रहेका छन् ।
इंग्ल्यान्डले विभिन्न राष्ट्रसँग तय भएको अन्तर्राष्ट्रिय सिरिजलाई मध्ये नजर गर्दै ५५ खेलाडीलाई प्रशिक्षणमा बोलाएको हो ।
प्रशिक्षणमा बोलाईएका १४ अनक्याप खेलाडीहरु काउन्टी क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरु रहेका छन् ।
अनक्याप खेलाडीमा हेन्री ब्रोक्स, रिचार्ड ग्लिसन, ब्रेडन कार्से, जेमी ओभरटन, ओली रोबिनसन, टम हेलम, साम हेन, विल ज्याक, लौरे इभान्स, फिल साल्ट, जेम्स ब्रेसी, अमर भिर्दी, टम कोह्लेर र डान लरेन्स रहेका छन् ।
यस्तै ५५ खेलाडीमा लामो समय टिममा नपरेका खेलाडीहरु समेत छन् ।
इंग्ल्यान्डको राष्ट्रिय टिममा रहेका बलरहरुले भने प्रशिक्षण सुचारु गरिसकेका छन् ।
कोरोना भाईरसको महामारीपछि स्थगित अन्तर्राष्ट्रिय क्रिकेट बन्द रंगशालामा सुचारु गर्ने तयारी भईरहदा इंग्ल्यान्डले ५५ खेलाडीलाई प्रशिक्षणमा बोलाएको हो ।
इंग्ल्यान्डले घरेलु मैदानमा वेष्ट इण्डिजसँग जुलाईमा तीन खेलको टेष्ट सिरिज खेल्ने आशा गरिएको छ । पहिलो टेष्ट जुलाई ८ मा हुने तालिका रहेको छ ।
यस्तै इंग्ल्यान्डले समरमा पाकिस्तान, आयरल्याण्ड र अष्ट्रेलियासँग सिरिज खेल्ने तयारी गरेको छ ।