एजेन्सी । भारतीय फ्रेन्चाइज लिग इन्डियन प्रिमियर लिग (आईपीएल) टिम कोलकत्ता नाइट राइडर्सले ५ हजार रुख रोप्ने भएको छ ।
भारतमा आएको अम्पुन चक्रवातको कारण ठुलो संख्यामा रुखबिरुवा नस्ट भएपछि कोलकत्ताले ५ हजार रुख रोप्ने भएको हो ।
यस्तै कोलकत्ताले प्रधानमन्त्री राहत कोषमा समेत सहयोग गर्ने जनाएको छ ।
एक साता अघि भारतको कोलकत्ता लगायत ४ अन्य सहरमा आएको चक्रवातको कारण जनजीवन प्रभावित भएको थियो । करिब ८५ परिवारले घर गुमाएका थिए ।
दुई पटकको आईपीएल विजेता कोलकत्ताले चक्रवात प्रभावित परिवारलाई सहयोग समेत गरेको छ ।
'केकेआरले यसमा सहयोग गर्ने छ । केकेआरको प्लान्ट ए मा ६ कुराहरू छन् । सम्बन्धित निकायहरुसँग मिलेर काम गर्न र कोलकत्तामा ५ हजार रुख रोप्न तयार छौं,' कोलकत्ताले भने छ, 'अत्यावश्यक सामग्रीको वितरण धेरै क्षति ४ ठाउँमा - कोलकत्ता, उत्तर र दक्षिण २४ प्रगानस र पूर्वी मणिपुरमा गरिनेछ ।'