एजेन्सी । श्रीलंका क्रिकेट बोर्डले फास्ट बलर शेहन मदुशनकालाई सबै खाले क्रिकेटमा निलम्बन गरेको छ ।
लागूऔषध हेरोइन सहित पक्राउ परेका बलर मदुशनकालाई बोर्डले निलम्बन गरेको हो ।
'श्रीलंका क्रिकेट बोर्डले शेहन मदुशनकालाई तत्कालबाट लागु हुने गरि सबै खाले क्रिकेटमा निलम्बन गर्ने निर्णय गरेको छ,' बोर्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
२५ वर्षे बलरलाई शनिबार प्रहरीले २.७ ग्राम हेरोइनसहित पक्राउ गरेको थियो । उनलाई आगामी जुन २ सम्म हिरासतमा राख्न अनुमति दिईएको छ ।
सन् २०१८ मा डेब्यु गरेका मदुशनकाले एकदिवसीयको डेब्यु खेलमा बंगलादेशविरुद्ध ह्याट्रिक लिएका थिए ।
त्यहिँ भ्रमणमा उनले दुई टी-ट्वान्टी अन्तर्राष्ट्रिय समेत खेलेका थिए ।