एजेन्सी । नेपालमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्ने तीन पाकिस्तानी खेलाडी डोपिङ परीक्षणमा असफल भएका छन् ।
भारतको अनलाईन टाइम्स अफ इन्डियाले पाकिस्तान एमेच्योर एथ्लेटिक्स फेडेरेसनको स्रोतलाई हवाला दिदै सागका तीन पदकधारी एथ्लेटिक्स खेलाडी डोपिङ परीक्षणमा असफल भएको जनाएको छ ।
ट्रयाक एण्ड फिल्ड अन्तर्गत ११० मिटर हर्डल्समा स्वर्ण विजेता मोहम्मद नइम, ४०० मिटरमा स्वर्ण विजेता मेहबुब अली र १०० मिटरमा कास्य विजेता समी उल्लाह डोपिङ परीक्षणमा असफल भएको बताईएको छ ।
डोपिङ परीक्षणमा असफल भएका तीन खेलाडीलाई अब ४ वर्षसम्मको प्रतिबन्ध लाग्न सक्ने बताईएको छ ।
तर, विश्व एन्टी डोपिङ एजेन्सी (नाडा) को नियम अनुसार ती खेलाडीलाई निर्दोष सावित गर्ने अवसर भने दिइनेछ ।
गत मंसिरमा भएको १३ औं सागमा पाकिस्तानले ३२ स्वर्णसहित कुल १ सय ३२ स्वर्ण जितेको थियो ।