भारतका हक्की लिजेण्ड बलबीरको निधन
मंगलबार, १३ जेठ २०७७खेलपाटी संवाददाता

एजेन्सी । भारतीय हक्कीका लिजेण्ड बलबीर सिंहको निधन भएको छ ।
भारतलाई ओलम्पिकमा स्वर्ण दिलाउन सफल सिंहको ९५ वर्षमा निधन भएको हो ।
लामो समयबाट श्वासप्रश्वास रोगबाट पीडित सिंहको चन्द्रीगढस्थित घरमै निधन भएको हो ।
भारतीय खेलकुद इतिहासमै नायक रहेका सिंहले भारतलाई सन् १९८४ को लण्डन ओलम्पिकमा स्वर्ण दिलाएका थिए ।
ब्रिटिसको उपनिवेशबाट स्वतन्त्र भएपछि भारतले पहिलो पटक हक्कीमा स्वर्ण जितेको थियो ।
यस्तै उनको प्रशिक्षणमा भारतको हक्की टिमले १९७७ को विश्वकप जितेको थियो ।









-1768897962219.jpg&w=3840&q=75)


-1769167052323.jpeg&w=3840&q=75)

-1769151399924.jpeg&w=3840&q=75)

-1769135013864.webp&w=3840&q=75)
-1769134497104.webp&w=3840&q=75)