एजेन्सी । भारतीय क्रिकेट टिमका पूर्व खेलाडी अतुल वासनले भारतको टी-ट्वान्टी क्रिकेट टिमको कप्तानी रोहित शर्माले पाउनुपर्ने बताएका छन् ।
भारतीय क्रिकेट टिमको कप्तानी विभाजन आवश्यक रहेको भन्दै वासनले कम्तिमा टी-ट्वान्टीको कप्तानी रोहितलाई दिईनुपर्ने बताएका हुन् ।
भारतको तीनै फर्म्याटको कप्तानी विराट कोहलीले गर्दै आएका छन् ।
'मलाई लाग्छ विभाजित कप्तानहरुको आवश्यक छ । विराट सबैको कप्तान चाहन्छन् । तर, रोहितले एक सहज लिडर भएको देखाईसकेका छन् । उनको रेकर्ड राम्रो छ । उनले अग्रपंक्तिमा छन्,' वासनले भने, 'टेष्टमा विराट बोस हो । एकदिवसीयमा अर्को विश्वकपसम्म विराटलाई कप्तान दिनुपर्छ । टी-ट्वान्टीमा विराटको तनाव कम गर्न रोहितलाई नेतृत्व दिनुपर्छ ।'
भारतीय टिमका उपकप्तान रोहित इन्डियन प्रिमियर लिगमा सफल कप्तान हुन् । मुम्बई इन्डियनबाट खेल्ने रोहितले आफ्नो कप्तानीमा ४ आईपीएल उपाधि दिलाएका छन् ।
टी-ट्वान्टीको फ्रेन्चाइज लिगमा सफल भएकै कारण रोहितलाई टी-ट्वान्टीको नेतृत्व दिनुपर्ने वासनको दाबी छ ।
यस्तै वासनले ऋषब पन्त भारतका लागि खेल जिताउने खेलाडी भएको समेत बताए । 'भारतका लागि लागि ऋषब पन्तले खेल जित्ने प्रदर्शन गर्ने खेलाडी हुन्,' उनले भने ।
५२ वर्षे वासन क्रिकेटबाट सन्यास लिएपछि क्रिकेट कमेन्टटेर गर्दै आईरहेका छन् ।