एजेन्सी । कोलम्बियन साइक्लिष्ट जार्लिसन पान्तानोलाई चार वर्षको प्रतिबन्ध लागेको छ ।
प्रतिबन्धित औषधि प्रयोगको एन्टी डोपिङ परिक्षणमा असफल भएपछि जार्लिसनलाई चार वर्षको प्रतिबन्ध लागेको हो ।
गत वर्ष ब्लड बुस्टर इपिओ परिक्षण पोजेटिभ देखिएपछि उनी निलम्बनमा परेका थिए ।
त्यसको दुई महिनापछि उनले सन्यास घोषणा गरेका थिए ।
३१ वर्षे चार्लिसनले सन् २०१६ मा टुर डे फ्रान्सको एक स्टेज जितेका थिए ।
उनको प्रतिबन्ध निलम्बनको मितिबाट सन् २०२३ को अप्रिलसम्म हुनेछ ।
चार्लिसनले यस अघि आफुले प्रतिबन्धित औषधि प्रयोग नगरेको बताउँदै आएका थिए ।