भारतको फुटबल फेडेरेसनद्वारा २५ लाख सहयोग
बुधबार, चैत १९, २०७६खेलपाटी संवाददाता

एजेन्सी । कोरोना भाईरसको महामारीविरुद्ध लड्न भारतको फुटबल फेडेरेसनले २५ लाख भारतीय रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
फेडेरेसनले बुधबार प्रधानमन्त्री राहत कोषमा २५ लाख सहयोग गरेको जनाएको छ ।
कोरोनाको कारण देश संकटमा रहेको बेला एक अर्कालाई सहयोग गर्ने उदेश्यले सरकारको कोषमा सहयोग गरिएको फेडेरेसनले जनाएको छ ।
कोरोनाकै कारण भारतमा फुटबल गतिविधि अनिश्चित कालका लागि स्थगित गरिएको छ ।
यस अघि कोरोनाविरुद्ध लड्न भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले सरकारलाई ५१ करोड भारतीय रुपैयाँ आर्थिक सहयोग गरेको थियो ।
चीनबाट फैलिएको कोरोनाको कारण भारतमा ३० भन्दा बढीको मृत्यु भईसकेको छ ।









%20(1)-1763645320295.jpeg&w=3840&q=75)



