कोरोनाको कारण मार्सेका पूर्व अध्यक्षको निधन
बुधबार, चैत १९, २०७६खेलपाटी संवाददाता

एजेन्सी । कोरोना भाईरसको कारण फ्रेन्च क्लब मार्सेका पूर्व अध्यक्ष पेप डिउफको निधन भएको छ ।
कोरोनाबाट संक्रमित डिउफको ६८ वर्षको उमेरमा सेनेगलमा निधन भएको हो ।
मार्सेले सामाजिक संजाल ट्वीटरबाट पूर्व अध्यक्ष डिउफको निधन भएको पुष्टि गरेको छ ।
डिउफ सन् २००५ देखि २००९ सम्म लिग वान क्लब मार्सेका अध्यक्ष रहेका थिए ।
डिउफको निधनमा फ्रेन्च फुटबल फेडेरेसनले पनि शोक व्यक्त गरेको छ ।









%20(1)-1763645320295.jpeg&w=3840&q=75)



