रियलमा फरवार्ड एसेन्सियो च्याम्पियन
सोमबार, चैत १०, २०७६खेलपाटी संवाददाता

एजेन्सी । रियल मड्रिडका फरवार्ड मार्को एसेन्सियोले ला लिगा फिफा-२० भिडियो गेमको उपाधि जितेका छन् ।
कोरोना भाईरसको सहयोगार्थ आयोजित फिफा भिडियो गेममा एसेन्सियो च्याम्पियन बनेका हुन् ।
चोटका कारण मैदान बाहिर रहदै आएका एसेन्सियो भिडियो गेममा भने च्याम्पियन बनेका छन् ।
करिब १ लाख ७० हजार मानिसले हेरेको फाइनलमा एसेन्सियोले लेगानेसका एइटर रुइबाललाई ४-१ गोल अन्तरले पराजित गरे ।
प्रतियोगितामा बार्सिलोना र रियल मालोर्काका खेलाडीले भने सहभागिता जनाएका थिएनन् ।
स्पेनिस टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गरिएको प्रतियोगिताबाट कोरोना प्रभावितका लागि १ लाख २९ हजार बढी आर्थिक सहयोग उठाईएको छ ।











%20(1)-1763645320295.jpeg&w=3840&q=75)

