पोर्चुगिज प्रशिक्षक जिसस कोरोनाबाट मुक्त
बिहिबार, ०६ चैत्र २०७६खेलपाटी संवाददाता

एजेन्सी । ब्राजिलियन क्लब फ्लामेन्गोका मुख्य प्रशिक्षक जोर्गे जिसस कोरोना भाईरसबाट मुक्त भएका छन् ।
पोर्चुगिज प्रशिक्षक जिससलाई गत सोमबार कोरोना भाईरसको संक्रमण देखिएको थियो ।
तर, उपचारपछि बुधबार गरिएको परिक्षणमा उनलाई कोरोनाको संक्रमण नदेखिएको क्लबले जनाएको छ ।
'फ्लामेन्गो मुख्य प्रशिक्षक जोर्गे जिससको कोरोना नतिजा नेगेटिभ आएको जानकारी गराउछ,' क्लबले ट्वीटरमा लेखेको छ ।
६५ वर्षे प्रशिक्षक जिससले पनि आफुले सुखद समचार पाएको बताउँदै सबैलाई धन्यवाद दिएका छन् ।









-1778556752495.jpeg&w=3840&q=75)




