दिनेश र नितिन एपीएफमा
बिहिबार, फागुन १५, २०७६खेलपाटी संवाददाता

काठमाडौं । राष्ट्रिय टिमका पूर्व डिफेन्डर दिनेश राजवंशी र यू-२३ टोलीका मिडफिल्डर नितिन थापाले सशत्र प्रहरीको एपीएफ क्लबबाट खेल्ने भएका छन् ।
दिनेश र नितिनलाई एपीएफले धनगढीमा जारी खप्तड गोल्डकपका लागि अनुबन्ध गरेको हो ।
दुवै खेलाडी नेपाल पुलिस क्लबविरुद्धको क्वाटरफाइनलमा खेलमा समेत मैदान उत्रिएका छन् ।

दिनेश र नितिनले सहिद स्मारक 'ए' डिभिजन लिग च्यासल युथ क्लबबाट खेलेका थिए । तर, एन्फाको प्रतिबन्धको कारण दिनेशले च्यासलबाट एक खेल मात्र खेलेका थिए ।
च्यासलले रिलिज गरेपछि दुवै खेलाडीले एपीएफबाट खेल्न लागेका हुन् ।







-1763772456514.webp&w=3840&q=75)



-1763794837011.jpeg&w=3840&q=75)



-1763733911749.jpg&w=3840&q=75)