काठमाडौं । नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को लागि भारोत्तोलनबाट २० खेलाडी छनोट भएका छन् ।
नेपाल भारोत्तोलन संघले दुई दिने छनोटबाट समान १०/१० पुरुष र महिला खेलाडी छनोट गरेको हो । सागको बन्द प्रशिक्षणमा रहेका खेलाडीबाट छनोट प्रतियोगिता गरेर संघले खेलाडी छनोट गरेको हो ।
त्रिपुरेश्वरमा भएको छनोटमा महिला ४५ केजीमा करिना चौधरी, ४९ केजीमा संगिता राई, ५५ केजीमा सञ्जु चौधरी र ५९ केजी तौल समूहमा कमला श्रेष्ठ छनोट भईन् ।
यस्तै, महिला ६४ केजीमा देबी चौधरी, ७१ राज्यलक्ष्मी थापा, ७६ केजीमा तारादेवी पुन, ८१ केजीमा लक्ष्मी वन, ८७ केजीमा मनकुमारी कुमाल र ८७ केजी माथिको तौल समूहमा अस्मिता राई छनोट भएकी छिन् ।
पुरुषतर्फ ५५ केजीमा तुलाराम महतो, ६१ केजीमा राजु चौधरी, ६७ केजीमा प्रकाश के.सी, ७५ केजीमा कमल बहादुर अधिकारी, ८१ केजीमा बिकास थापा छनोट भएका छन् । यस्तै पुरुषतरफ नै ८५केजीमा दिनेश कार्की, ९६ केजीमा विशाल सिंह विष्ट, १०२ केजीमा सन्देश गुरुङ, १०९ केजीमा सागर भण्डारी र १०९ केजी भन्दा माथिमा पुकार गुरुङ छनोट भएका छन् ।
नेपालमा आयोजना हुने साग यहीं मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं र पोखरामा सञ्चालन हुनेछ ।
सागका लागि नेपालले २८ खेलमध्ये १२ वटा खेलको खेलाडी गरिसकेको छ ।