काठमाडौं । इन्डोनेसियामा सम्पन्न ५३ औं एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा दुई पदक जित्दै इतिहास रच्न सफल खेलाडी रजनी श्रेष्ठ स्वदेश फर्किएकी छिन् ।
रजनी बिहिबार अपरान्ह स्वदेश फर्किएकी हुन् । रजनीसँगै अफिसियलमा नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका उपाध्यक्ष दिनेश राजभण्डारी पनि स्वदेश फर्किएका छन् ।
बताममा भएको च्याम्पियनसिपमा रजनीले दुई फरक विधामा पदक जित्दै इतिहास बनाएकी थिइन् । रजनीले ५५ केजी तौल समूहमा रजत पदक जितेकी थिइन् । यस्तै रजनीले ३० वर्ष वा सो भन्दा माथिको समूहमा
पनि काँस्य पदक जित्दै इतिहास रचेकी थिइन् ।
रजनीले गत साउनमा नेपालमा आयोजना भएको १२ औं दक्षिण एसियाली बडिबिल्डिङ च्याम्पियनसिपको महिला एथ्लेटिक्स फिजिकमा काँस्य पदक जितेकी थिइन् ।