काठमाडौं । गोर्खाज क्लासीकको आयोजनामा पोखरामा सम्पन्न प्रथम ‘वुमेन्स बिकिनी एण्ड फिजिक च्याम्पियनसिप’ को उपाधि काठमाडौंकी सुजिता मानन्धर र ललितपुरकी रुपा केसीले जितेकी छिन।
उपाधिसँगै मानन्धरले नगद २ लाख प्राप्त गरिन् । दोस्रो भएकी काठमाण्डौं केज टोटल फिटनेसकी रोजी लामाले १ लाख ५ हजार प्राप्त गर्दा तेस्रो बनेका फिटनेस स्टपकी सनम मुलगुठीले ८० हजार प्राप्त गरिन् ।
बिकिनीतर्फ बिजेता बनेका रुपा केसीले ८० हजार हात पार्दा उपबिजेता बनेकी सपना गुरुङले ६० हजार र तेस्रो भएकी याङदोङ लामाले ५० हजार प्राप्त गरिन् ।
समापन कार्यक्रममा नेपाल शारिरीक सुगठन तथा फिटनेश संघका केन्द्रीय महासचिव श्री राजन श्रेष्ठले शुभकामना दिएका थिए ।