एजेन्सी । विश्वकप फुटबलको महाकुम्भ मेला आज सुरु हुदैछ । यति बेला सबैको नजर आयोजक राष्ट्र रुसमा हुन गईरहेको उद्घाटन समारोहमा गएर अल्झिएको छ । २१ औ संस्करण सम्म आईपुग्दा विश्वकप इतिहासका १० रोमाञ्चक तथ्यांक तपाई माझ प्रस्तुत गर्दैछौ ।
– ब्राजिल सबै २१ विश्वकपमा सहभागिता जनाउने एकमात्र टोली हो । रुस विश्वकपमा दक्षिण अमेरिका राष्ट्रको २१ औं सहभागिता हो ।
– ब्राजिलले सबैभन्दा बढी ५ पटक विश्वकप जितेको छ ।
– जर्मनी सबैभन्दा बढी ४ पटक उपविजेता बनेको छ ।
–जर्मनीले सबैभन्दा बढी ८ पटक विश्वकप फाइनल खेलेको छ ।
– ब्राजिलका पेलेले सबैभन्दा बढी ३ पटक विश्वकप विजयी पदक थापेका छन् ।
– जर्मनीका मिरोस्लाभ क्लोजले विश्वकपमा सवैभन्दा बढी १६ गोल गरेका थिए । २००२ को विश्वकपमा उनले ५ गोल गरेका थिए, सबै हेडबाट । उनले एकै प्रतियोगितामा ५ हेड गोलको कीर्तिमान बनाए । उनले २००६ को विश्वकपमा पनि ५ गोल नै गरे । २०१० मा ४ गोल गरेका उनले २०१४ मा २ गोल गरे । क्लोजले सेमिफाइनलमा ब्राजिलस“गैं गोल गर्दै विश्वकपमा सर्वाधिक गोल गर्ने कीर्तिमान पनि आफ्नो नाममा लेखाएका थिए । उक्त खेल जर्मनीले ७–१ ले जितेको थियो । जर्मनीलाई २०१४ को विश्वकप जिताएको एक महिनापछि क्लोजले अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यास लिए ।
– फ्रान्सका जस्ट फोन्टेन एकै प्रतियोगितामा सबैभन्दा बढी गोल गर्ने खेलाडी हुन् । उनले १९५८ को विश्वकपमा १३ गोल गरेका थिए ।
– रुसका ओलेग सालेन्को एकै खेलमा सर्वाधिक गोल गर्ने खेलाडी हुन् । १९९४ को विश्वकपमा उनले क्यामरुनविरुद्ध एक्लै ५ गोल गरेका थिए ।
– इटालीका भिटोरिओ पोजो दुई विश्वकप जित्ने एक्लो प्रशिक्षक हुन् । उनले १९३४ र १९३८ मा इटालीलाई विश्व विजेता बनाएका थिए ।
– माराकाना रंगशालामा घरेलु टोली ब्राजिल र उरुग्वेबीच भएको १९५० को विश्वकप फाइनल १ लाख ९९ हजार ८ सय ५४ जनाले मैदानमा गएर प्रत्यक्ष हेरेका थिए, जुन एकै खेलमा सबैभन्दा बढी दर्शक उपस्थिति हो ।