काठमाडौं । दोस्रो डिभिजन क्लब ब्वाईज युनियन क्लबको अध्यक्षमा निरोज बहादुर राउत क्षेत्री निर्वाचित भएका छन् ।
शनिबार भएको साधारण सभामा निरोज आगामी चार बर्षे कार्यकालको लागि अध्यक्ष चुनिएका हुन् ।
साधारण सभाले ११ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । उपाध्यक्षमा २, महासचिव र सचिवमा १–१ तथा सदस्यमा ६ जना छन् ।
दुई उपाध्यक्षमा अच्युत के सी र श्रवण कुमार श्रेष्ठ चुनिएका छन् । महासचिवमा मदन राज मिश्र, सचिवमा दिपेश राउत क्षेत्री, कोषाध्यमा सरोज श्रेष्ठ रहेका छन् ।
यस्तै सदस्यहरुमा विकास न्यौपाने, रंजित श्री, प्रकाश ढकाल, रिचेन्द्र राज श्रेष्ठ र राजु थापा मगर चुनिएका छन् ।
२००९ सालमा स्थापित ब्वाईज युनियन क्लबले एक पटक ए डिभिजन लिग जितेको छ । उसले विक्रम सम्बत २०३२ सालमा ए डिभिजन लिग जितेको थियो ।