काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले विभिन्न खेल संघका २० प्रशिक्षकलाई दीर्घ सेवा पदकबाट सम्मानित गरेको छ ।
राखेपले ५६ औं वार्षिकोत्सवको अवसरमा २० प्रशिक्षकलाई दीर्घ सेवा पदक प्रदान गरेको हो । राखेपमा २० वर्ष सेवा गरेका प्रशिक्षकहरुलाई ४ तोला चादीको पदकसहित राखेपले उनीहरुलाई सम्मान गरेको हो ।
पदक पाउनेमा एथलेटिक्स प्रशिक्षक अमिरी प्रसाद यादव, टिका सेढाई, चन्द्र बहादुर गुरुङ, टेबल टेनिस प्रशिक्षक शिव नारायण श्रेष्ठ, शंकर गौतम, बिनोद शाक्य, भारोत्तोलनका प्रशिक्षक प्रदिप कुमार श्रेष्ठ, संगम सिंह थापा र राम पौडेल रहेका छन् ।
यस्तै बक्सिङ प्रशिक्षक ओम कुमार मास्के, प्रचण्ड शर्मा, पौडी प्रशिक्षक इश्वर कुमार कार्की, ओङडेन लामा, भलिबल प्रशिक्षक सुदेश कुमार रिमाल, विरेन्द्र चौधरी र फुटबल प्रशिक्षक दिपक राज जोशी रहेका छन् ।
त्यस्तै ह्याण्डबल प्रशिक्षक हिमाल राज दाहाल, अरुण कुमार लालकर्ण, जिम्न्याष्टिक प्रशिक्षक सजनी मानन्धर र गुण नारायण महर्जन रहेका छन् ।
यस्तै सर्वाेत्कृष्ट परिषद् सेवा पदक र २५ हजार नगदबाट राखेपका इन्जीनियर अरुण उपाध्याय सम्मानित भए ।
त्यस्तै परिषद् सेवा पदकबाट प्रशासन तर्फका सन्तोषी बैद्य, डम्बर बहादुर नेपाली र मिला कुमारी राई सम्मानित भए भने प्राविधिकतर्फ गंगा राम महर्जन, अरुणा गुरुङ र पुष्प राज जोशी सम्मानित भए । उनिहरुले जनही १०/१० हजार प्राप्त गरे ।
कार्यक्रममा खेलकुद पत्रकार मञ्चलाई पनि ५० हजार नगदसहित सम्मान गरिएको थियो ।