काठमाडौं । लोक आदर्श एकेडेमीका सुहन प्रधानले कीर्तिपुर मेयरकप स्पोर्ट्स मिट अन्तर्गत चेस प्रतियोगिताको उपाधि जितेका छन् ।
क्रिएटिभ एकेडेमीका हिक्मत बोहरा दोश्रो र लोक आदर्श एकेडेमीका बुद्ध करण पण्डित तेश्रो भए । सोही विद्यालयका विवेक विके र विराज श्रेष्ठ चौथो र पाचौ भए ।
छात्र ८ देखि १० कक्षाको विधा तर्फ पुष्पसदनका सरोज कुवँर पहिलो,निसान्त काफ्ले दोश्रो र एपीएफका विराज लामा तेश्रो भए ।
यसैगरी छात्रा तर्फ पुष्पसदनकी सुभना मर्हजन पहिलो र अञ्जना बास्कोटा दोश्रो भए । लोक आदर्शकी स्वस्तीका मोक्तान तेश्रो भइन् ।
५ देखि सात कक्षाको विधा तर्फ क्रिएटिभ एकेडेमीका सयन मर्हजन पहिलो,पुष्पसदनका सुप्रभ सागर श्रेष्ठ दोश्रो तथा निसान श्रेष्ठ तेश्रो भए ।
छात्रा तर्फ सोही विद्यालयका स्मारिका चौलागाइ पहिलो, अनिसा सुबेदी दोश्रो र सिवानी रिजाल तेश्रो भए ।
१ देखि ४ कक्षा समुहको छात्र तर्फ पुष्पसदनका बिसाल कुबँर पहिलो, दृष्य लम्साल दोश्रो तथा अपिल मर्हजन तेश्रो भए ।
विजयी टोली तथा खेलाडीलाई कीर्तिपुर नगरपालिकाका मेयर रमेश मर्हजनले पुरस्कार प्रदान गरे ।