देवराज सुबेदी
मेलम्ची । मेलम्चीको गैराबगरस्थित सहिद गोबिन्द घले स्मृति बहु उदेश्यीय कभर्डहलको सिलान्यास भएको छ ।
प्रदेश नम्बर ३ सरकारको गौरबको योजना अन्तर्गत बहु उदेश्यीय कभर्डहलको सोमबार सामाजिक बिकास मन्त्री युबराज दुलालले सिलान्यास गरेका छन् ।
प्रदेश सरकारको सार्बजनिक निर्माण कार्यान्वयन इकाई धुलिखेलमार्फत १३ करोड लागतमा कभर्डहल निर्माण गर्न लागेको हो ।
जिल्लामा रंगशाला, स्थानीय तहमा कभर्डहल जस्ता गौरबको आयोजना बनाएको प्रदेश सरकारले मेलम्चीमा बन्न लागेको कभर्डहलमा सास्कृतिक तथा राजनैतिक कार्यक्रम गर्न सकिने र बिशेष गरि विभिन्न खेल खेल्न मिल्ने खालको हल बनाउन लागेको हो ।
कभर्डहल भित्र विधुतीय तथा इलोक्ट्रोनिक प्रबिधिबाट ११ सय ५० जना अट्ने सिट रिमोटको आधारमा संचालनमा ल्याइने मन्त्री दुलालले बताए ।
कभर्डहल नेपालकै पहिलो र उत्कृष्ट हुने मन्त्री दुलालको दाबी छ ।
प्रदेश नम्बर ३ भित्र यस वर्ष ६ वटा जिल्लामा रंगशाला, कभर्डहल, ५० वटा खेल मैदान निर्माण हुने मन्त्री दुलालको भनाई छ ।