भक्तपुर । नेपालकी चर्चित धाविका कान्छिमाया कोजु र कराते तथा किकबक्सिङ खेलाडी एवं आत्मरक्षा प्रशिक्षक पद्मा खयरगोली सम्मानित भएकी छिन् ।
महिलाको बिशेष पर्व हरितालिका तीजको अवसर पारेर कस्तुरी फेसियल एन्ड सैलुनले धाविका कोजु र प्रशिक्षक खयरगोलीलाई सम्मान गरेको हो ।
भक्तपुरबाट प्रतिनिधित्व गरि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचानसहित योगदान गर्न सफल भएकोमा उनीहरुलाई सम्मान गरिएको सैलुनले जनाएको छ ।
यस्तै कार्यक्रममा कोजु र खयरगोलीसहित बाजाक्विन इन्दिरा लाछिमस्यु, मिस भक्तपुर रोशिका देउजा र गायक आयुस केसिलाई समेत सम्मन गरिएको थियो । उनीहरुलाई चर्चित हास्य अभिनेत्री बसुन्धरा भुसालले सम्मानित गरेका थिए ।