काठमाडौं । लुम्विनी ईभेन्ट म्यानेजमेन्ट प्राली ले तुल्सिलाल अमात्य स्मृति पाँचौ राष्ट्रिय क्लब टिम च्याम्पियनसीप चेस प्रतियोगितामा चौथो स्थान प्राप्त गर्न सफल खेलाडीलाई सम्मान गरेको छ ।
टिम च्याम्पियनसीपमा सो टोलीबाट सहभागि हुने खेलाडीमा मिलन रोका, मिलन लामा, सुश्रुत दाहाल, बिबेक श्रेष्ठ र युवराज पौडेल थिए । यस्तै लम्विनी ईभेन्ट म्यानेजमेन्टमा अनुबन्धित खेलाडीहरुलाई ५ बर्षे सम्झौता पत्र हस्तान्तरण गरेको छ ।
कार्यक्रममा बोल्दै लुम्बिनी इभेन्ट म्यानेजमेन्टका सुवोधराज सेर्पालीले आगामी दिनमा नेपालमा व्यबसायिक चेस खेलको बिस्तार गर्न र खेलाडीहरुलाई खेलेर नै जिबन निर्बाह गरि आत्मनिर्भर गर्नका लागी खेलाडी अनुबन्ध प्रक्रियालाई सबै क्लबहरुले अपनाउनु पर्ने बताएका थिए ।
सम्मान तथा अनुबन्धन सम्झौतापत्र हस्तान्तरण कार्यक्रममा नेपाल बुद्धिचाल संघका सल्लाहकार सुवोधराज सेर्पाली, केन्द्रिय सदस्य तथा अन्तराष्ट्रिय आर्बीटर बालाराम पुन, पुर्व उपाध्यक्ष एवं फिडेमास्टर सुरेन्द्र प्रसाद श्रेष्ठ, र कम्पनीका तर्फबाट रजत बुढाथोकी, बबिदेवल पुनको उपस्थिति रहेको थियो ।