काठमाडौं । बराही टिसर्ट उद्योगका प्रोप्राइटर विजय शाहीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) को बन्द प्रशिक्षणमा रहेका राष्ट्रिय पुरुष तथा महिला भलिबल खेलाडीलाई टिसर्ट प्रायोजन गरेका छन् ।
समान २५–२५ पुरुष र महिला खेलाडी, प्रशिक्षक लगायतलाई ५५ थान टिसर्ट राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्य–सचिव राजेशकुमार गुरुङले बुधबार हस्तान्तरण गरे ।
नेपाल भलिबल संघका वरिष्ठ उपाध्यक्ष यम गुरुङको पहलमा बराहीले टोलीलाई टिसर्ट उपलब्ध गराएको हो ।