काठमाडौं । एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न उज्वेकिस्तानको राष्ट्रिय भलिबल टिम नेपाल आईपुगेको छ ।
नेपालमा पहिलो पटक आयोजना हुन लागेको एभिसी सेन्ट्रल जोन पुरुष भलिबल च्याम्पियनसिपमा सहभागीता जनाउन उज्वेकिस्तानको टिम आइतबार नेपाल आईपुगेको हो ।
टिमलाई भलिबल संघकी उपाध्यक्ष निरोज मास्के, सचिव मनविर छत्याल लगायतले स्वागत गरेका थिए ।
उज्वेकिस्तान प्रतियोगिताका लागि नेपाल आउने अन्तिम टोली हो । अन्य ६ टोली यसअघि नै नेपाल आईसकेका छन् ।
अफगानिस्तान टिमले नेपालको राष्ट्रिय भलिबल टिमसंग दुई मैत्रीपुर्ण म्याच समेत खेलेको थियो । दुवै खेलमा नेपाली टिम विजयी बनेको थियो ।
भदौ २ देखि भदौ ७ गतेसम्म संचालन हुने प्रतियोगितामा नेपालसहित बंगलादेश, माल्दिभ्स, अफगानिस्तान, किर्गिस्तान, तुर्किमिनिस्तान र उज्वेकिस्तान गरि ७ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।