काठमाडौं । नेपालमा आयोजना हुने एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगितामा सहभागिता जनाउन चार राष्ट्रको टिम आज (शुक्रबार) नेपाल आईपुग्ने भएका छन् ।
नेपाल भलिबल संघले शुक्रबार बंगलादेश, माल्दिभ्स, किर्गिस्तान र तुर्किमिनिस्तान नेपाल आईपुग्ने कार्यक्रम रहेको जनाएको छ । उज्वेकिस्तान भने शनिबार आईपुग्ने छन् । प्रतियोगितामा सहभागिता जनाउन अफगानिस्तान मंगलबार नै नेपाल आईसकेको छ ।
नेपालको राष्ट्रिय टिमसँग दुई मैत्रीपूर्ण खेल खेल्नका लागि अफगानी टिम चाडै नेपाल आईपुगेको हो । अफगानिस्तानले नेपालसँगको दुई मैत्रीपूर्ण खेल नै गुमाएको थियो ।
लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा हुने प्रतियोगिता भदौ २ देखि भदौ ७ गतेसम्म संचालन हुनेछ ।
प्रतियोगितामा नेपालसहित बंगलादेश, माल्दिभ्स, अफगानिस्तान, किर्गिस्तान, तुर्किमिनिस्तान र उज्वेकिस्तानसहित ७ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।