काठमाडौं । राष्ट्रिय भलिबल टिमका मुख्य प्रशिक्षक हान एबिङले दर्शकको साथका कारण नेपाली टिमले खेलमा पुनरागमन गर्न सफल भएको बताएका छन् ।
अफगानिस्तानविरुद्व दोस्रो मैत्रीपूर्ण खेलमा जित हासिल गरेपछि प्रशिक्षक हाबिङले सो कुरा बताएका हुन् । उनले खेलमा भावनात्मक रुपमा बग्न सफल हुदाँ खेलमा फर्कन सकेको खुलाए ।
उनले नयाँ खेलाडीको प्रर्दशनले १४ जना खेलाडीनै प्रतियोगिताका लागि तयार भएको अनुभुती आफुले गरेको उल्लेख गरे ।
अफगानिस्तानको खेलपछि सञ्चारकर्मीसंग एबिङले दिएको प्रतिक्रिया :
‘हामी खेलमा भावनात्मक रुपमा बग्यौ । जब खेल भावनात्मक रुपमा खेलिन्छ, अनि आफ्नो क्षमता प्रदर्शन हुन्छ । सोही कारण हामी अफगानिस्तानमाथि हाबी भयौ ।
पहिलो र दोस्रो सेट भावनात्मक रुपमा नखेल्दा हामी पराजित हुन पुग्यौ । हाम्रो शारिरिक भाषाले त्यही बताएको थियो । हामी हरेक अंकका लागि संघर्ष गर्नु परेको थियो ।
तेस्रो सेटमा दर्शकको पनि राम्रो साथ मिल्यो । र त्यसको प्रभाब खेलाडीको मनस्तिथिमा पर्यो । समर्थकलाई धेरै धेरै धन्यवाद ।
आजको खेलबाट खेलाडी खुसी हुनु पर्छ । पछिल्लो सेटमा नयाँ खेलाडीले राम्रो प्रदर्शन गरेका कारण हाम्रो टिमका १४ खेलाडीनै प्रतियोगिताका लागि तयार रहेको अनुभुत भएको छ ।
जब तपाईले सोचेको अनुसार हुँदैन, त्यसपछि परिस्तिथी अनुसार खेल्नुपर्छ । सोचेको अनुरुप प्रर्दशन नभएपछि हामीले सोही अनुसारको खेल रणनीति बनायौ । त्यसका दर्शकको राम्रो साथ मिल्यो ।
बिस्तारै हामी भावनात्मक रुपमा खेल्न थाल्यौ र सफल रह्यौ ।
आजको खेलबाट सन्तुष्ट छैन । हामीले सजिलै अंक गुमाईरहेका थियौ । सधै हामीले सोचेको अनुसार हुदैन, परिस्थिती अनुसार खेल्न जरुरी हुन्छ । हरेक खेल भावनात्मक रुपमा खेल्न आवश्यक छ ।
खेललाई भावनात्मक रुपमा परिणत गर्न सफल भएकोमा दर्शकलाई धेरै धेरै बधाई ।
सबै खेलाडीले प्रतियोगिताबाट मेडलको आश गरेका छन् । यदि लक्ष्य प्राप्त गर्ने हो भने साना साना कुरामा ध्यान राख्न आवश्यक छ ।’