एजेन्सी । अन्तराष्ट्रिय भारोत्तोलन महासंघले पाँच रुसी भारोत्तोलनका खेलाडीलाई निलम्बन गरेको छ ।
महासंघले प्रतिबन्धित औषधि प्रयोग गरेको आरोपमा पाँच खेलाडीलाई निलम्बन गरेको हो ।
विश्व एन्टी डोपिङ एजेन्सी (वाडा) ले गरेको परिक्षणमा उनीहरुले प्रतिबन्धित औषधि प्रयोग गरेको पाईएको थियो ।
निलम्बनमा पर्ने खेलाडीमा लण्डन ओलम्पिकमा कास्य पदक विजेता खेलाडी रुस्लान अल्बेगोभ, महिला विश्व च्याम्पियनसिपमा स्वर्ण विजेता टीमा तुरिभा, डेभिड, ओलेग चेन र इगोर क्लिमोनोभ रहेका छन् ।
यस अघि डोपिङमा असफल हुँदा रुसका एथलेटिक्स खेलाडीहरु प्रतिबन्धमा परेका थिए ।