काठमाडौं । पहिलो संस्करणको एस स्नुकर च्याम्पियनसिप भदौ अन्तिम साताबाट आयोजना हुने भएको छ ।
एस स्नुकर क्लब सानेपाले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता भदौ २९ गतेबाट असोज ११ गतेसम्म संचालन हुने जनाएको छ ।
नेपाल बिलियार्ड एण्ड पुल एसोसियसनसँगको सहकार्यमा हुने प्रतियोगितामा १२८ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा राष्ट्रिय टोलीका ८ खेलाडीले भने सहभागिता जनाउने छैनन् । नयाँ खेलाडीलाई प्राथमिकता दिएको कारण राष्ट्रिय खेलाडीले नखेल्ने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले १ लाख नगद पुरस्कार पाउने छन् । यस्तै उपविजेताले ४० हजार, तेस्रोले १५ हजार पाउनेछन् ।
सेन्चुरी ब्रेक गर्नेले ३० हजार, हाईएस्ट ब्रेक गर्नेले १५ हजार र उत्कृष्ट खेलाडीले १५ हजार पाउने छन् ।