एजेन्सी । युक्रेनी खेलाडी ओलेक्सी सेरेडाले डाईभीङको युरोपियन च्याम्पियनसिपमा स्वर्ण जित्दै कीर्तिमान बनाएका छन् ।
घरेलु भूमिमा जारी च्याम्पियनसिपको पुरुष १० मिटर प्लाटफर्म सेरेडाले स्वर्ण जित्दै सर्वाधिक कम उमेरमा स्वर्ण जित्ने खेलाडीको कीर्तिमान बनाएका हुन् ।
स्वर्ण जित्दा सेरेडा १३ वर्ष ७ महिनाका थिए । उनले सन् २००८ मा टम डेलीले १३ वर्ष १० महिनाको उमेरमा स्वर्ण जित्दै बनाएको कीर्तिमान भंग गरे ।
कीर्तिमानसहित स्वर्ण जितेपछि सेरेडाले आफु निकै नर्भस भएको बताए । 'म निकै नर्भस थिए र स्वर्ण जित्दा निकै खुसी छु,' पदक जितेपछि उनले भने ।
च्याम्पियनसिपमा स्वर्ण जितेसँगै सेरेडाले सन् २०२० को टोकियो ओलम्पिकमा स्थान पक्का गरेका छन् ।