काठमाडौं । नेपालमा आयोजना भएको १२ औं दक्षिण एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा पदक विजेता खेलाडी नगदसहित सम्मानित भएका छन् ।
च्याम्पियनसिपमा पदक विजेता नेपाली खेलाडीलाई सोमबार नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका अध्यक्ष राजेश बाबु श्रेष्ठले नगदसहित सम्मानित गरे । संघका अध्यक्ष श्रेष्ठले खेलाडीलाई व्यक्तिगततर्फबाट नगदसहित सम्मानित गरेका हुन् ।
अध्यक्ष श्रेष्ठले स्वर्ण विजेतालाई जनही ५० हजार, रजत विजेतालाई ३० हजार र कास्य विजेतालाई २० हजार नगदले सम्मानित गरे । च्याम्पियनसिपमा नेपालले ३ स्वर्ण, ७ रजत र ६ कास्य पदक जितेको थियो ।
च्याम्पियनसिपमा नेपालका समिर श्रेष्ठ, नरेश मालाकार र मल्लिका शाक्यले स्वर्ण जितेका थिए । यस्तै रजत जित्नेमा कमल भण्डारी, रमेश कार्की,निशान्त प्रधान, राजु राई, प्रमोद राई, रजनी श्रेष्ठ र पुजा श्रेष्ठ रहेकी छिन् ।
त्यस्तै कृष्ण दास दिवाकर, प्रज्वल मान शाक्य, अशोक महर्जन, मिलन सिजापति, कृष्ण महर्जन र सुजिता मानन्धरले कास्य जितेका थिए ।