मंगलबार, कार्तिक २६, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Bhat Bhateni Supermarket Ad

यस वर्ष बीच भलिबलमै रमाउँछु - मान बहादुर

शनिबार, साउन २५, २०७६खेलपाटी संवाददाता
यस वर्ष बीच भलिबलमै रमाउँछु - मान बहादुर
Classic Tech Internet Ad

काठमाडौं । नेपालको राष्ट्रिय खेल भलिबलले पाएको उत्कृष्ट खेलाडीमा ओपन स्पाइकर मान बहादुर श्रेष्ठ पनि एक हुन् ।

तर, घरेलु मैदानमा आयोजना हुने पाँचौ संस्करणको एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगितामा राष्ट्रिय टोलीका नियमित सदस्य मान बहादुर देखिने छैनन् । एभिसी सेन्ट्रल जोन भदौ २ देखि ८ गतेसम्म संचालन हुदैछ ।

प्रदेश नम्बर ५ मा आयोजना भएको आठौं राष्ट्रिय खेलकुद नखेलेको कारण त्रिभुवन आर्मी क्लबका कप्तान समत रहेका मान बहादुर नेपाली टोलीको प्रारम्भिक चरणको टिममै परेका थिएनन् । विभागीय टिम आर्मीको विभागीय कारबाहीमा परेपछि मान बहादुरले आठौं गुमाएका थिए ।

लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रको कभर्डहलमा हुने सेन्ट्रल जोनमा अब मान बहादुरले दर्शकको रुपमा खेल हेर्ने छन् ।

सेन्ट्रल जोनमा लागि नेपालको मुख्य प्रशिक्षक हान एबिङले १४ सदस्यीय टिमको घोषणा गरिसकेका छन् । जसमा मान बहादुर छैनन् ।

सेन्ट्रल जोनको टिममा नपरेपनि मान बहादुर भलिबलबाट टाढा भने रहेका छैनन् । पछिल्लो समय मान बहादुर 'बीच भलिबल' मा रमाईरहेका छन् । यस वर्ष मान बहादुर 'बीच भलिबल' मै रमाउने छन् ।

‘यस वर्ष बीच भलिबलमा बिताउँछु । सेन्ट्रल जोन र साग दुवै नहुने भयो । त्यसैले बीच भलिबल रोजे,' खेलपाटीसँग कुरा गर्दै मान बहादुरले भने, ‘पहिलो पटक खेलेको हुँ, राम्रो अनुभव रह्यो । राष्ट्रिय गेम खेल्दा प्रथम भएपछि यस वर्ष यसै लाईनै रोजेको छु ।’ 

पोखरामा सम्पन्न राष्ट्रिय बीच भलिबलबाट मान बहादुर बीच भलिबलको क्याम्पमा परेका छन् । उक्त प्रतियोगिताको पुरुषतर्फ मान बहादुर र दिल बहादुर सुनारको जोडीले उपाधि जितेका थिए ।

नेपाली टोलीको उपकप्तान समेत रहिसकेका मान बहादुरले यस वर्ष नेपालमा आयोजना १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पनि बीच भलिबल खेल्नेछन् ।

‘नेपालमै हुन लागेको साग गेम पनि बीच भलिबलबाट खेल्नेछु । त्यसैबाट भएपनि देशको प्रतिनिधित्व गर्छु ।’ मान बहादुरले भने । १३ औं साग मङ्सिर १५ बाट २४ गतेसम्म हुने तालिका रहेको छ ।

मान बहादुरले नेपालबाट पहिलो पटक बीच भलिबल खेल्न लागेका हुन् । तर, उनलाई पहिलो सहभागीतामै देशलाई पदक दिलाउन योजना छ ।

‘पहिलो पटक देशको प्रतिनिधित्व गर्दै बीच भलिबल खेल्ने निर्णय लिएको छु । मेडलको आशा छ ।’ मान बहादुर भन्छन् ।

विभागीय टिमको कारबाही फुकुवा भएपछि मान बहादुरले चौथो संस्करणको प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता खेलेका थिए । उक्त प्रतियोगिताको उपाधि आर्मीले जितेको थियो ।

त्यसअघि मान बहादुर बिनाको दुई प्रतियोगितामा भने आर्मीले उपविजेता चित्त बुझाएको थियो । मान बहादुर बिनाको आर्मीले आठौं राष्ट्रिय खेलकुद र पाथिभरा पुरुष भलिबलमा आर्मी फाइनलमा नेपाल पुलिसको हातबाट पराजित भएको थियो ।

यस वर्ष बीच भलिबलमा बिताएपनि अर्को वर्षबाट भने मान बहादुर भलिबलमै फर्कने छन् ।

‘भलिबललाई एकदमै मिस गरिरहेको छु । खेल्न नपाए पनि बाहिर बसेर टिमको समर्थक गर्छु । सधै खेलिरहने मान्छे बाहिर बसेर हेर्दा कस्तो हुन्छ । यस पटक हेरौं,' १० वर्षको लामो भलिबल अनुभव बोकेका मान बहादुरले भने ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपाल काभा महिला भलिबलको फाइनलमा पराजित

नेपाल काभा महिला भलिबलको फाइनलमा पराजित

नेपाल फाइनलमा

नेपाल फाइनलमा

नेपालको पहिलो जित

नेपालको पहिलो जित

Bajaj Pulsar Motorcycle Ad
आईआईएमएस कलेज काठमान्डु गोर्खाजको अफिसियल एजुकेशनल पार्टनर

आईआईएमएस कलेज काठमान्डु गोर्खाजको अफिसियल एजुकेशनल पार्टनर

एरोनले दिलाएको अग्रता जोगिएन

एरोनले दिलाएको अग्रता जोगिएन

१२० दिनभित्र ‘ए’ डिभिजन लिग गर्न एन्फा सहमत

१२० दिनभित्र ‘ए’ डिभिजन लिग गर्न एन्फा सहमत

झापा महिला गोल्डकपमा ५८ लाखको टिकट बिक्री

झापा महिला गोल्डकपमा ५८ लाखको टिकट बिक्री

खोप नलगाएपछि अर्जेन्टिनाको टोलीबाट बाहिरिए ३ खेलाडी

खोप नलगाएपछि अर्जेन्टिनाको टोलीबाट बाहिरिए ३ खेलाडी

नेपाल र भारतसँग खेल्न ढाका आइपुगे हम्जा

नेपाल र भारतसँग खेल्न ढाका आइपुगे हम्जा

एपीएफलाई हराउँदै पुलिसले उचाल्यो झापा गोल्डकपको उपाधि

एपीएफलाई हराउँदै पुलिसले उचाल्यो झापा गोल्डकपको उपाधि

मन्त्रिपरिषद्ले दियो फागुन पहिलो सात दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न स्वीकृति

मन्त्रिपरिषद्ले दियो फागुन पहिलो सात दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न स्वीकृति