काठमाडौं । सामाखुशी इङलिस बोर्डिङ स्कुल (सेब) ‘बी’ का हिमाल मगर र दीपक केसीको जोडी पाँचौं सेब टु ए साइड पुरुष भलिबल प्रतियोगिता बिहीबार दोश्रो चरणमा प्रवेश गरेका छन् ।
सेबको मुख्य प्रायोजन तथा ढोरपाटनको आयोजनामा भइरहेको प्रतियोगितामा बाग्लुङका सोम पुन र दिनेश पुन, काठमाडौंका होम पुन र विकास छन्त्याल, काठमाडौंका सागर सेढाईं र सुरेश राई, बाग्लुङका चोपेन्द्र जिसी र प्रकाश जिसी, थ्री स्टारका विशाल गुरुङ र होम थापा, बाग्लुङका ओमप्रकाश जिसी र तिलक कुँवर, काठमाडौंका रमेश केसी र खिम ओली, चितवनका अब्दुल श्रेष्ठ र विशाल गुरुङ तथा काठमाडौंका हेम छन्त्याल र महेन्द्र शेरचनको जोडी दोश्रो चरणमा पुगेका छन् ।
नयाँ बसपार्कमा भइरहेको प्रतियोगितामा १ सय १७ टिम सहभागी छन् । प्रतियोगिताको विजेताले १ लाख, उपविजेताले ५० हजार, तेश्रोले २५ हजार र चौथोले १० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।