बुधबार, कार्तिक २७, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Bhat Bhateni Supermarket Ad

राष्ट्रिय पुरुष भलिबल टोलीमा तीन नयाँ अनुहार

बिहिबार, साउन २३, २०७६खेलपाटी संवाददाता
राष्ट्रिय पुरुष भलिबल टोलीमा तीन नयाँ अनुहार
Classic Tech Internet Ad

काठमाडौं । एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताका लागि नेपालले राष्ट्रिय टिमको टुंगो लगाएको छ ।

नेपालमा भदौमा आयोजना हुने प्रतियोगिताका लागि नेपालले बन्द प्रशिक्षणमा रहेका १८ सदस्सीय खेलाडीबाट १४ सदस्सीय टिमको टुंगो लगाएको हो ।

नेपाल भलिबल संघले टिमको औपचारिक घोषणा भने आइतबार गर्ने जनाएको छ । तर, मुख्य प्रशिक्षक नेदरल्याण्ड्सका हान एबिङले बिहिबार प्रतियोगिता खेल्ने अन्तिम टोलीको तय गर्दै बाहिरिने खेलाडीलाई जानकारी गराएको छ ।

'प्रशिक्षक एबिङले आजबाट १४ खेलाडी छनोट गरेका छन् । टिममा पर्ने र बाहिरिने खेलाडीबारे प्रशिक्षक एबिङले सबैलाई जानकारी गराउनु भएको छ,' एक खेलाडीले खेलपाटीसँग भने ।

एबिङले घोषणा गरेको टिममा ३ नयाँ खेलाडीले राष्ट्रिय टिममा स्थान बनाएका छन् । नेपाली टिममा पहिलो पटक स्थान बनाउने खेलाडीमा त्रिभुवन आर्मी क्लबका ओपन स्पाइकर राजेन्द्र बिष्ट, आर्मीका क्विकर दुर्गा बहादुर खड्का र एपीएफका ओपन स्पाइकर टेकराज अवस्थी रहेका छन् ।

यस्तै टिमबाट बाहिरिनेमा राजु शेरचन, दुर्गा महतो, द्वारिका थापा र सारान समरी रहेका छन्  । 

प्रशिक्षक एबिङले घोषणा गरेको टिममा आर्मीबाट सर्वाधिक ७, पुलिसबाट ४ र एपीएफबाट ३ खेलाडी परेका छन् । सेन्ट्रल जोनका लागि एबिङले ४ ओपन स्पाइकर, ३ आउट साइड, ३ अपोजिट ब्याक, २ लिब्रो र २ लिफ्टरलाई टिममा समावेश गरेका छन् । 

घरेलु भूमिमा हुने प्रतियोगितामा नियमित सदस्य मान बहादुर श्रेष्ठ हुने छैनन् । विभागीय टिम आर्मीको कारबाहीमा परेपछि आठौं राष्ट्रिय खेलकुद नखेलेको कारण मान प्रारम्भिक टोलीमै परेका थिएनन् । 

एसियन भलिबल संघको संयोजनमा आयोजना हुने सेन्ट्रल जोनमा नेपालसहित बंगलादेश, माल्दिभ्स, अफगानिस्तान, किर्गिस्तान, तुर्किमिनिस्तान र उज्वेकिस्तानसहित ७ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिता भदौ २ देखि भदौ ७ गतेसम्म संचालन हुनेछ ।

नेपाली टिम :

ईम बहादुर राना मगर (कप्तान)

कुलबहादुर थापा (उपकप्तान)

दिपक राज जोशी

धनबहादुर भट्ट

विशाल विक

राजेन्द्र विष्ट

टेकराज अवस्थी

हरिबहादुर अधिकारी

दुर्गा बहादुर खड्का 

नरेन्द्र गिरी

इश्वर थापा मगर

राजकुमार निरौला

हरिहजुर थापा

विनोद बहादुर चन्द

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपाल काभा महिला भलिबलको फाइनलमा पराजित

नेपाल काभा महिला भलिबलको फाइनलमा पराजित

नेपाल फाइनलमा

नेपाल फाइनलमा

नेपालको पहिलो जित

नेपालको पहिलो जित

Bajaj Pulsar Motorcycle Ad
आईआईएमएस कलेज काठमान्डु गोर्खाजको अफिसियल एजुकेशनल पार्टनर

आईआईएमएस कलेज काठमान्डु गोर्खाजको अफिसियल एजुकेशनल पार्टनर

एरोनले दिलाएको अग्रता जोगिएन

एरोनले दिलाएको अग्रता जोगिएन

१२० दिनभित्र ‘ए’ डिभिजन लिग गर्न एन्फा सहमत

१२० दिनभित्र ‘ए’ डिभिजन लिग गर्न एन्फा सहमत

झापा महिला गोल्डकपमा ५८ लाखको टिकट बिक्री

झापा महिला गोल्डकपमा ५८ लाखको टिकट बिक्री

खोप नलगाएपछि अर्जेन्टिनाको टोलीबाट बाहिरिए ३ खेलाडी

खोप नलगाएपछि अर्जेन्टिनाको टोलीबाट बाहिरिए ३ खेलाडी

नेपाल र भारतसँग खेल्न ढाका आइपुगे हम्जा

नेपाल र भारतसँग खेल्न ढाका आइपुगे हम्जा

एपीएफलाई हराउँदै पुलिसले उचाल्यो झापा गोल्डकपको उपाधि

एपीएफलाई हराउँदै पुलिसले उचाल्यो झापा गोल्डकपको उपाधि

मन्त्रिपरिषद्ले दियो फागुन पहिलो सात दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न स्वीकृति

मन्त्रिपरिषद्ले दियो फागुन पहिलो सात दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न स्वीकृति