एजेन्सी । पोल्याण्डमा जारी टुर डी पोलोग्ने साइक्लिङ प्रतियोगिताको दौरान दुर्घटनामा परी बेल्जियमका युवा साईक्लिष्ट बियोर्ग लाम्ब्रेच्टको निधन भएको छ ।
टुर डी पोलोग्नेको तेस्रो चरण अन्तर्गतको साइक्लिङको क्रममा दुर्घटनामा परेर लाम्ब्रेच्टको निधन भएको हो । दौडको दुरी पुरा हुन ६० माइल बाँकी रहदा लाम्ब्रेच्ट दुर्घटनामा परेका थिए ।
दुर्घटनामा परेलगत्तै उनलाई हेलिकप्टरको सहायताबाट अस्पताल लागिएको थियो । तर, अस्पतालले लाम्ब्रेच्टको मृत घोषणा गरेको थियो ।
२२ वर्षे लाम्ब्रेच्टले दोस्रो सिजन शीर्ष प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेका थिए । उनले बेल्जियमबाट उमेर समूहको धेरै प्रतियोगिताको उपाधि जितिसकेका थिए ।