काठमाडौं । आठौं गोल्डेनपीक अन्तर बिद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाईजतर्फ गोल्डेनपिक हाइ स्कुल र ग्रिनल्याण्ड स्कुल विहिबार फाईनलमा प्रवेश गरेका छन् ।
सेमिफाइनल खेलमा आयोजक गोल्डेन पिक हाइ स्कुलले हिमालयन ह्याप्पी चिल्ड्रेन एकेडेमीलाई ५०–३९ को स्कोरमा हराउदै फाईनलमा प्रवेश गरेको छ । त्यस्तै ग्रिनल्याण्ड स्कुलले भ्याली पब्लिकलाई ४२–३० को स्कोरमा पछिपार्दै फाइनलमा पुग्न सफल भएको छ । गोल्डेन पिकको जितमा गोपाल भण्डारीले २९ स्कोर गर्दा ग्रिनल्याण्डका लागि राजिव आलेले २६ स्कोर गरेका थिए ।
चावहिल सरस्वतीनगर स्थित गोल्डेनपिक हाइस्कुलकोे कोर्टमा भएको जुनियर व्याईज तर्फको खेलमा एन्जलहार्टले गोल्डेनपिक हाइ स्कुललाई ३०–२४ को स्कोरमा हराउँदा एञ्जलहार्टका सुरज मल्लले १२ स्कोरले योगदान गरेका थिए । त्यस्तै जुनियर तर्फ नै लालिगुँरासले विएनएलाई ४२—२३ को भारी अन्तरमा हराउदा लालिगुँरासका रोशन घलेले ११ स्कोर गर्दै फाइनलमा पुगेका छन् ।
गल्र्सतर्फ भने आयोजक गोल्डेनपिक फाइनलमा प्रवेश गरेको छ । गोल्डेनपिकले ह्वीज किड्सलाई २२—११ को स्कोरको अन्तरमा जीत हासिल गरेको छ भने गल्र्स तर्फनै रिलायन्स पब्लिकले हिमशिलालाई १७—१० को स्कोरले पराजित गरेको छ । गोल्डेनपिकका दावा शेर्पाले १५ स्कोरको योगदान गर्दा रिलायन्स पब्लिकका ओजस्वी निरौलाले ११ स्कोरले गरेकी थिइन् ।
प्रतियोगिताको फाईनल खेलभोली शुक्रबार हुनेछ । प्रतियोगिताका बिजेता टिमलाई ट्रफि र मेडल तथा ब्यक्तिगत स्पर्धातर्फ वेष्ट प्लेयर, हाई स्कोरर, र थ्री पोइन्टरलाई पुरस्कृत गरिने छ ।