सागलाई अर्जुनदृष्टिमा राखेको छु -सिलवाल

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवालले नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) लाई अर्जुनदृष्टिमा राखेको बताएका छन् ।
नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुदलगायत अन्य समसामयिक विषयहरुमा राखेप अवस्थित काठमाडौं महानगरपालिका वडा नं. ११ का खेल क्षेत्रलगायतका विशिष्ट महानुभावहरुसंगको छलफल एवं अन्तरक्रिया कार्यक्रममा सदस्य–सचिव सिलवालले सो कुरा बताएका हुन् ।
‘मेरो पहिलो प्राथमिकता साग हो । यसैलाई अर्जुनदृष्टिमा राखेर अगाडि बढिरहेको छु ।’ सदस्य सिलवालले भने, ‘तीनपटक मिति सरिसकेको छ । अब साग सर्नु हुँदैन । सरे २० वर्षपछि ढकेलिन्छ । राष्ट्रको गौरव र प्रतिष्ठासंग जोडिएकाले साग निर्धारित समयमा गर्नु पर्छ ।’
सदस्य सचिव सिलवालले सागका लागि भौतिक संरचना पूरा गर्ने अभियानमा रहेको बताउदै आफ्नो कार्यकालमा खेल क्षेत्र ‘सिस्टम’ मा राख्ने बताए । उनले परिषद्का छिमेकीहरुलाई पनि खेलकुदमा अपनत्व महशुस होस् भन्ने उद्देश्यले अन्तरक्रिया आयोजना गरिएको बताउदै सागलाई भब्य र सफल रुपमा सम्पन्न वडा र वडावासीको विशेष सहभागिता रहनु पर्नेमा जोड दिए ।
राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिनाले सागलाई सफल बनाउन सबै एक जुट हुन आवश्यक रहेको बताए ।
कार्यक्रममा सहभागीहरुले राखेपले पहिलो पटक वडावासीलाई सम्झेकोमा धन्यवाद दिदै साग आयोजनामा पूर्वाधार, प्रशिक्षण, ट्राफिक व्यवस्थापन, पार्किङ, मेडिकललगायत विविध पक्षमा ध्यान दिनु पर्ने सुझाव दिएका थिए ।














-1775916660994.webp&w=3840&q=75)
-1775884046825.webp&w=3840&q=75)