काठमाडौं । नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को बन्द प्रशिक्षणका लागि खोखो टोली बुधबार बर्दियाको भुरीगाउँ जाने भएको छ ।
टोलीमा पुरुष र महिलातर्फ समान ३५–३५ खेलाडी सहभागी छन् । टोलीलाई ४ प्रशिक्षकले प्रशिक्षण दिने छन् । अन्तिममा समान १५–१५ पुरुष र महिला खेलाडी सागका लागि छनोट गरिने छ ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले एक कार्यक्रमबीच मंगलबार बिदाइ गरे ।