पौडी र आर्चरीको तयारी जापानमा
मंगलबार, १४ श्रावण २०७६खेलपाटी संवाददाता

काठमाडौं । नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीलाई मध्यनजर गर्दै पौडी र आर्चरी टोली मंगलबार जापानको टोकुसिमा प्रस्थान गरेको छ ।
पौडी खेलाडीमा अनुभव सुब्बा, दिपांकर अवाले, उपास्ती महर्जन र अनुसिया तण्डुकार रहेका छन् । प्रशिक्षकमा पौडी मुख्य प्रशिक्षक शंकर कार्की छन् ।
आर्चरी खेलाडीमा तिलक पुन मगर, रोशन नगरकोटी, ज्ञानु अवाले र मित्र राई छन् । अफिसियलमा नेपाल आर्चरी संघका अध्यक्ष दीपकराज गुरुङ रहेका छन् ।
पौडी र आर्चरीको प्रशिक्षण अगष्ट १ देखि सेप्टेम्बर २ तारिखसम्म हुनेछ ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले मंगलबारै एक कार्यक्रमबीच बिदाइ गरे ।














-1775916660994.webp&w=3840&q=75)
-1775884046825.webp&w=3840&q=75)