काठमाडौं । एथलेटिक्स खेलाडी अजितकुमार यादव र ब्याडमिन्टनका प्रिन्स दाहाल नगदसहित सम्मानित भएका छन् ।
अन्तराष्ट्रिय प्रतियोगितामा स्वर्ण जितेका अजित र प्रिन्सलाई सरकारले बुधबार नगदसहित सम्मान गरेको हो । सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा सरकारले अजित र प्रिन्सलाई जनही १/१ लाख नगद र सम्मानपत्रले सम्मान गरेको हो ।
अजितले गत चैतमा हङकङमा आयोजना भएको तेश्रो एसियाली युथ एथलेटिक्स च्याम्पियनसिपमा स्वर्ण पदक जितेका थिए । च्याम्पियनसिपमा अजितले ३ हजार किलोमिटर दौडमा नेपाललाई स्वर्ण पदक दिलाएका थिए ।
यस्तै अजितको प्रशिक्षक धनीराम चौधरीलाई सरकारले ५० हजारले सम्मानित गर्यो ।
नेपाली ब्याडमिन्टन खेलका उदियामान खेलाडी प्रिन्स दाहालले गत असोजमा दुबई जुनियर इन्टरनेसनल ब्याडमिन्टन सिरिज अन्तर्गतको यू–१५ पुरुष एकलको उपाधि जितेका थिए ।
तर, सम्मान कार्यक्रम प्रिन्स भने उपस्थित भएनन् । प्रिन्स अन्तराष्ट्रिय प्रतियोगिताको लागि चीनमा रहेका छन् ।
यस्तै सरकारले राजधानी दैनिकका रामसुधन तिमल्सिना र कान्तिपुर टेलिभिजनका प्रदिप लेखीलाई ५०/५ ० हजार नगदले सम्मान गरेको छ ।