मञ्चका कार्यसमिति सदस्य तामाङलाई पितृ शोक
बुधबार, ०८ श्रावण २०७६खेलपाटी संवाददाता

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) का केन्द्रिय सदस्य तथा खेलकुद पत्रकार दिल तामाङलाई पितृ शोक परेको छ ।
राजधानी दैनिकका खेलकुद पत्रकार दिलको बुबा शुकबहादुर तामाङको मंगलबार निधन भएको छ । लमजुङ राइनास नगरपालिकास्थित घरमै मंगलबार बिहान तामाङको निधन भएको हो ।
भारतीय पूर्व सेना समेत रहेका तामाङ कलेजो क्यान्सरबाट पीडित थिए । उनको मंगलबार नै दाहसंस्कार गरिएको छ ।










-1775932166938.webp&w=3840&q=75)




