काठमाडौं । नेपाली राष्ट्रिय टोलीका सदस्य संजय श्रेष्ठ र लाल मोहर यादव रहेको बैंगलुरु बुल्सले भारतमा सुरु भएको कबड्डीको फ्रेन्चाइज लिग प्रो कबड्डीमा विजयी सुरुवात गरेका छन् ।
बैंगलुरु बुल्सले पहिलो खेलमा पटना पिरेट्सलाई ३४–३२ को स्कोरले पराजित गर्यो । तर, पहिलो खेलमा संजय र लालले प्रतिस्पर्धा गर्न पाएनन् । दुवै खेलाडीलाई बेञ्चमा राखिएको थियो ।
दुवै खेलाडीलाई बैंगलुरुले समान १०/१० लाख भारुमा क्लबमा भित्राएको हो । अलराउण्डर संजयले यसअघि सात सिजन प्रो कबड्डी लिग खेलिसकेका छन् । संजयले चौंथो र पाँचौ सिजन बैंगलुरुबाटै खेलेका थिए ।